Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 गतवर्ष शिक्षकसेवा आयोगले सबै तहका वस्तुगत प्रश्नहरु
Posted Date: 2017-05-04

  • तलका मध्ये कुन चाहि नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यभित्र पर्दछ? - व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदढ बनाउने
  • सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय तहको शिक्षालाई कति तहमा बाडिएको छ? - ५
  • गोरखा स्कुल हङकङमा अध्ययन गर्ने विद्यार्थीका निम्ति वि सं २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो? - वि सं २०५५
  • जेन्डर शब्दले तलकामध्ये क’नचाहि अवस्थालाई बु झाउछ? - महिला पुरुषबीचको सामाजिक अवस्था
  • राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्ष्ा सिकाउने उद्देश्य राखिएको थियो? - साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३० ४० प्रतिशत
  • माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८) को तलको उद्देश्य कुन हो? - माध्यमिक शिक्षाको समता र पहुचमा सुधार
  • राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लाग” गर्ने उल्लेख गरेको छ? - कक्षा १ देखि ७ सम्म
  • राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यमिक शिक्षाका सन्दर्भमा नेपाली विषय अन्तर्गत संस्कृतलाई कुन रुपमा समावेश गर्ने व्यवस्था हुनुपर्ने सुझाव गरिएको थियो? - सहयोगीका रुपमा
  • किशोरावस्थाको खास विकासात्मक कार्य कुन हो? - मातापिता एवम् अन्य वयस्कहरुबाट संवेगात्मक आत्मनिर्भरता प्राप्त गर्न
  • प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार निरन्तर विद्यार्थी मूल्यांकनका लागि कति वटा मापदण्डलाई आधार मान्ने व्यवस्था गरिएको छ? - ५ वटा
  • नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएबमोजिम कसलाई आफ्नो भाषा, लिपि संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुनेछ? - नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई
  • नेपालको अन्तरिम संविधान २०६३ बमोजिम अभिलेख अदालत भनेर कुन अदालतलाई भनिन्छ? - सर्वोच्च अदालत
  • जिल्ला शिक्षा समितिमा पदेनबाहेक मनोनित सदस्यको संख्या कति किटान गरिएको छ? - ८
  • शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति गर्ने सिफारिस समितिमा कसकसको प्रतिनिधित्व रहने व्यवस्था छ? - लोकसेवा आयोगका अध्यक्ष, त्रिविविका उपकुलपति र शिक्षा सचिव
  • समुदायद्वारा सञ्चालित विद्यालय व्यवस्थापन जिम्मा लिने निकायको काम, कर्तव्य र अधिकारमध्ये तलको कुन पर्दैन? - विद्यालयको सुधार गर्न आवश्यकताअनुसार विशेषज्ञ नियुक्ति गर्ने
  • शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालयमा कम्तीमा कति जना शिक्षक हुन’पर्ने व्यवस्था गरिएको छ? - ९ जना
  • विद्यालय व्यवस्थापन समितिको कार्यभित्र नपर्ने कुन हो? - विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोत स्थिर राख्ने
  • शिक्षकको नोकरी अवधि गणना सम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा त्यस्तो नोकरी अवधि यकिन गरी शिक्षक किताबखानालाई सिफारिस गर्न जिल्ला स्तरमा गठित तीन सदस्यीय नोकरी अवधि निर्धारण समितिको अध्यक्ष को हुन्छ? - जिल्ला शिक्षा अधिकारी
  • शिक्षक पदका लागि उम्मेद्वार हुन नपाउने अवस्था तलकामध्ये कुन हो? - नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको
  • शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) अनुसार पिछडिएको क्षेत्र भन्नाले तलको कुनचाहि जिल्ला पर्दैन? - मनाङ
  • अक्षरांक शिक्षा पुस्तकका लेखक को हुन्? - जयपृथ्वीबहादुर सिंह
  • भारतले प्राथमिक शिक्षालाई कस्तो शिक्षाका रुपमा लिएको छ? - आधारभूत शिक्षा
  • बालअधिकार सम्बन्धी अवधारणको सूत्रपात सर्वप्रथम कुन घोषणाले गरेको हो? - जेनेभा घोषणा
  • सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९)अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलकामध्ये कुन हो? - २० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने
  • माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३–२००८) को उद्देश्य तलका मध्ये कुन होइन? - शिक्षक शिक्षा
  • तलकामध्ये कुनचाहिं दैनिक पाठयोजनाको अंग होइन? - पाठ्यवस्तु
  • निर्माणात्मक मूल्यांकनका मुख्य उद्देश्यमा तल लेखिएकामध्ये कुन पर्दैन? - उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्न
  • राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको छ? - ३तह
  • उत्तर बाल्यावस्थाका बालबालिकाहरुलाई शिक्षाविदहरुद्वारा प्रयोग गरिने नाम तलका मध्ये कुनचाहिं हो? - प्रारम्भिक विद्यालय उमेर
  • विद्यालय सुधार योजना निर्माण गर्दा कतिओटा चरणहरु पूरा गर्नुपर्छ? - १२ चरण
  • समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन- यो हक नेपालको अन्तरिम संविधान २०६३ को कुनचाहिं मौलिक हक अन्तर्गत पर्दछ? - समानताको हक
  • नेपालको अन्तरिम संविधान २०६३ ले नेपालको कार्यकारिणी काम कसको नाममा हुने व्यवस्था गरेको छ? - नेपाल सरकार
  • शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समिति विघटन गर्ने अधिकार कुन निकायलाई हुन्छ? - जिल्ला शिक्षा समिति
  • अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उम्मेदवार हुन नपाउने व्यवस्था शिक्षा ऐन २०२८ को कुन संशोधनले गरेको हो? - सातौं संशोधन
  • गाउँ शिक्षा समितिमा कतिजना सदस्यहरु रहने व्यवस्था शिक्षा ऐन २०२८ (संशोधनसहित) ले गरेको छ? - ७ जना
  • शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिले तलका मध्ये कुन काम गर्दछ? - शिक्षकलाई तालिमका लागि छनोट गर्ने
  • स्थायी नियुक्ति भएको शिक्षक सेवा अवधि कति वर्ष पुगेपछि एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने व्यवस्था छ? - १ वर्ष
  • विद्यार्थीले पालना गर्नुपर्ने थप आचारसंहिता कसले निर्धारण गर्दछ? - विद्यालय व्यवस्थापन समितिले
  • शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार अन्तर्वार्ताका लागि छुट्याइएको अंकमध्ये शैक्षिक योग्यताका लागि कति अंक छुट्याइएको छ? - ३ अंक
  • प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरीवेक्षकको हैसियतले कसले अंक प्रदान गर्ने व्यवस्था छ? - स्रोत व्यक्ति

Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All