News

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 ‘छोरा बचाउन म बुढीले कहाँबाट ल्याउँ ४५ लाख ?’
Posted Date: 2017-05-04

‘छोरा बचाउन म बुढीले कहाँबाट ल्याउँ ४५ लाख ?’

नवलपरासीको मदननगरका थानेश्वर भुसाल ४ वर्षदेखि साउदी अरवको जेलमा बन्दी जीवन विताइरहेका छन् ।

साउदीमा थानेश्वरले चलाएको गाडीले सडक दुर्घटनामा दुई जानको ज्यान गएपछि उनी जेल परेका थिए । अब ४५ लाख रुपैयाँ ‘ब्लडमनी’ दिन सके उनी छुट्छन्, नभए उनी जेलमै रहनेछन् ।

भुसाल परदेशको कालकोठरीमा जति पीडा भोग्दैछन्, त्योभन्दा ठूलो पीडा यो वृद्धहरु मात्रै रहेको परिवारलाई परेको छ ।

यो परिवारलाई विहान-बेलुकाको छाक टार्न नै समस्या छ । छोरालाई विदेश पठाउने बेला झुपडीका जसोतसो गुजारा गरिरहेको उनीहरुलाई आश थियो, छोराले कमाउँला र सुखको सास फेर्न पाइएला ।

तर, छोरा जेल परेपछि पैसा आउन छाडेको छ नै, छोरालाई बचाउने हो भने ४५ लाख रुपैयाँ जम्मा गर्नु पर्ने भएको छ । कहाँबाट जुटाउने यति ठूलो रकम ? यही पिरले आमा यमकलालाई पोलिरहन्छ ।

उनकै भरमा परिवार चलेको छ । छोरा पीरले ज्यान आधा बनाएकी उनी पनि कति दिन यसैगरी घोटिन सक्लिन र ?

थानेश्वरकी हजुरआमाले सय वर्ष काटिसकिन् । उनका बुवा पनि रोगले थलिएका छन् । कमाउन गएको छोरो विदशेको जेल छ । नातिको अनुहार हेरेर मात्रै आफ्नो प्राण जाओस् भन्ने इच्छा छ, हजुरआमाको ।

थानेश्वरकी आमा-बालाई पनि बढ्यौली र रागेले गाँजिसक्यो । छोराको कमाइ खाने बेलामा उनीहरु आफैं यति पीडित छन् कि छोरालाई फर्काएर नेपाल ल्याउनेबाहेक यो परिवारको अर्को कुनै सपना नै छैन ।

छोरालाई जेलबाट छुटाउन पहल गर्न थानेश्वरकी आमा यमकलाम अहिले काठमाडौं आइपुगेकी छन् । ‘२ वर्षसम्म म्यानपावरले तपाईंको छोरा छुटाइदिन्छु भन्दै झुलायो । सम्झौताको म्याद सकिएपछि भएका कागजपत्र पनि जलाइँदिए भन्यो’ यमकलाले पीडा पोख्दै भनिन्, ‘कति रुँदा कराउँदा पनि सरकारले पनि पहल गरेन । छोरो उतै रहला भन्ने पीरले राम्रोसँग निदाउन सकेको छैन ।’

कसरी जेल परे थानेश्वर ?

युवा अवस्थामा नै विदेशिएका थानेश्वरले अहिले ३६ वर्षका भए । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्कियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनको ज्यान गयो ।

साउदीको अदालतले यो घटनामा थानेश्वरलाई प्रतिशत दोषी ठहर गर्‍यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नममा आदेश दियो ।

दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वर उपचारपछि फेरि गाडी चलाउन सुरु गरेका थिए । तर, त्यही बेला अदालतले दोषी ठहर गरेपछि जेल परे ।

श्रीमतीले घर छाडिन्, बाबु अशक्त भए

छोरा छुटाउन हारगुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडिन् र अर्को बिहे गरिन् । थानेश्वरका बुवा पनि काम गर्न सक्दैनन् । काम गर्ने क्रममा रुखको हाँगोले टाउकोमा लागेर उनी अशक्त जस्तै भएका छन् ।

अहिले यमकला एक्लैले घरको सबै ब्यवहार हेर्छिन् । उनी जति पीडा जति बोकेर भएपनि छोरालाई नेपाल फिर्ता ल्याउन कस्सिएकी छिन् ।

तर, उनी जब आफ्नो परिवारको अवस्था र तिर्नुपर्ने पैसाका दाँज्छिन्, उनलाई छोरा फर्काउन सकिएका भन्ने लाग्दै-लाग्दैन । ‘यो बुढेसकालमा कहाँबाट ल्याउनु ४५ लाख ?’ यमकलाका आँखा भरिन्छन् ।

शुक्रबार प्रवासी नेपाली समन्वय समितिको कार्याक्रममा भेटिएकी उनले भन्छिन्, ‘चुहिएको छानो टाल्न सकेको छैन । बाछिट्टा पानीले भत्किाएको कत्तर फेर्न सकेको छैन । त्यतिका पैसा म बुढीले कहाँबाट ल्याउँ ?’

 


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All