Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 सौर्यमण्डल र पृथ्वीसम्वन्धी सामान्य जानकारी
Posted Date: 2017-05-04

पृथ्वीको बनोट :

-    पृथ्वी पूर्ण गोलाकार नभै धुव्रिय क्षेत्रमा केही थेप्चिएको र भूमध्येरेखीय क्षेत्रमा केही फूकेको हुनाले ध्रुवीय व्यास १२,७१४ कि.मी. र भूमध्येरेखीय व्यास १२,७५६ कि.मी. रही औषत व्यास १२,८०० कि.मी. रहेको छ । यसको परिधि झण्डै ४०,००० कि.मी. छ ।

 

-    पृथ्वीको कूल क्षेत्रफल ५१ करोड वर्ग कि.मी. मध्ये २९ प्रतिशत जमीन र ७१ प्रतिशत पानीको भाग रहेको छ ।

 

-    पृथ्वी सूर्यको वरिपरी परिक्रमा गर्ने एउटा ग्रह हो । पृथ्वीको उत्पत्ति सौर्यमण्डल संगै भएको हो । यो पूर्णरूपमा भकुण्डो जस्तै गोलो छैन । यसको ध्रुवीय खण्ड थेप्चिएको र भूमध्यरेखीय खण्ड अलि फुकेको छ । पृथ्वी बुध तथा शुक्र भन्दा ठूलो एवम् मंगल, बृहस्पती, शनि, अरूण र बरूण भन्दा सानो छ । पृथ्वीको व्यास १२,७६० ब.कि.मी.छ । बुध र शुक्र ग्रह पछि सूर्यको नजिक पर्ने ग्रह पृथ्वी हो । सूर्य र पृथ्वी बिचको दूरी लगभग १४ करोड ८८ लाख कि.मी.छ । पृथ्वीले ३६५ दिनमा एकपटक सूर्यको वरिपरी परिक्रमा गर्दछ । पृथ्वी अन्य ग्ह भन्दा भिन्न छ । किनभने पृथ्वीमा वायूमण्डल छ जुन अन्य ग्रहहरूमा छैन । पृथ्वीमा अधिकतम् तापक्रम ५९ डिग्री सेल्सीयस रहेको छ । त्यसकारण यस ग्रहमा जीवन रहेको छ । पृथ्वीको एउटा उपग्रह रहेको छ जसलाई चन्द्रमा भनिन्छ । यो पृथ्वीवाट केवल ४ लाख कि.मी.टाढा रहेको छ । चन्द्रमाले पृथ्वीलाई २९ दिन १२ घण्टामा एकपटक परिक्रमा गर्न सक्छ ।

पृथ्वीको उत्पत्ति :

-    पृथ्वी सौर्यमण्डलको आठ ग्रह मध्ये एक हो । सौर्यमण्डल र पृथ्वीको उत्पत्ति बारे बैज्ञानिकहरू अहिले सम्म पनि एकमत भएका छैनन् किनभने यस सम्वन्धमा आजसम्म पनि सर्वमान्य प्रमाण उपलब्ध भएको छैन तर विद्व्वानहरूले विभिन्न किसिमका विचार व्यक्त गरेका छन् जसका धार्मिक र बैज्ञानिक दृष्टिकोणहरू छन् । धार्मिक दृष्टिकोण पूर्णरूपले मान्य नभएतापनि बैज्ञानिक दृष्टिकोण केही मात्रामा सत्यको नजीक देखिन्छ । संसारका सवै धर्मशास्त्रहरूमा पृथ्वीको उत्पत्ति बारे केही न केही रूपमा उल्लेख भएको पाईन्छ । हिन्दु धर्मशास्त्रमा पृथ्वीको उत्पत्ति ब्रम्हाले गरेको भनि उल्लेख गरिएको छ । फोनेसियाका निवासीहरू पृथ्वीको उत्पत्ति सूर्यले तयार पारेको गोलोवस्तुवाट भएको मान्दछन् । मिश्रका प्राचिन वासीन्दाहरू “शु“ नामको देवताले समुन्द्रवाट निस्केको फूललाई दुई भाग गरी स्वर्ग र पृथ्वीको सृष्टि गरेको मान्दछन् ।

 

-    विभिन्न धर्मशास्त्रहरूमा पृथ्वीको उत्पत्तिवारे केही धारणा पाइएतापनि ति धर्मशास्त्रहरूमा पृथ्वीको उत्पत्ति कसरी र किन भएको हो भन्ने प्रश्नहरूलाई कुनै ध्यान दिएको पाईदैन । त्यसकारण धर्मशास्त्रका विचारहरू तर्क विनाको कल्पना मात्र हुन् । यसैले बैज्ञानिकहरू यी धारणाहरू सित सहमत छैनन् । आजभोली पृथ्वीको उत्पत्तिवारे बैज्ञानिकहरूकाविच विभिन्न धारणा रहेको छ । ति मध्ये केही सिद्धान्त निम्नलिखित छन् ।

 

-    वायवीय राशि सिद्धान्त (The gaseous theory Kant):  जर्मन दार्शनिक इमानुयल कान्टले (Immanual Kant) ले सन् १७७५ मा वायवीय सिद्धान्त प्रस्तुत गरे । उनको विचारमा ब्रम्हाण्डमा पहिले देखी आदिकालिन पदार्थहरू थिए । ती पदार्थहरू आपसमा ठक्कर खाँदा त्यसमा ताप र गति पैदा भयो । घुमाईको कारणवाट एक निहारिकाको जन्म भयो । निहारिका (Nebula) को भ्रमण बेग बढ्दै गयो । अपकेन्द्रीय बल बढदै जाँदा निहारिका को मध्ये भागमा बनेका चक्का अलग अलग हुन थाले । उछुट्टिएर निस्केका चक्कावाट ग्रहको जन्म भयो । निहारिकाको बाँकी रहेको भाग सूर्यकारूपमा रह्यो । ग्रहहरूवाट निस्केका चक्कावाट उपग्रहहरू बने । सुरूमा यो सिद्धान्तले निकै ख्याती पायो ।

 

-    ज्वारीय सिद्धान्त (The tidal theory):  यो सन् १९१९ मा जिन्स (Jeans) र  सन् १९२६ मा जेफ्री (Jeffreyes) ले पृथ्वीको उत्पत्तिसम्वन्धी प्रतिपादन गरेको सिद्धान्त हो । उनीहरूको भनाई थियो – अनादिकालमा एक ग्यासमय सूर्य नजिक एउटा अर्को ठूलो तारा आईपुग्यो । उक्त ताराको आर्कषण शक्तिले गर्दा सूर्यको सतहमा एउटा ज्वार उठ्यो । जति जति तारा नजिक हुँदै गयो ज्वारको आकृति बढ्दै गयो । अन्तमा सूर्यवाट हजारौं किलोमिटर लामो ज्वार छुट्टिएर सिंगार वा चुरोटको रूप लियो । ज्वार सूर्यवाट छुट्टिदासम्ममा तारा सूर्यवाट निकै टाढा पुगिसकेको थियो । सूर्यवाट निस्केको ज्वार न त तारा संग मिल्न पुग्यो न त सूर्यमा नै मिल्न सक्यो । अन्तमा सूर्यको वरिपरी घुम्न थाल्यो। पछि यहि ज्वार धेरै भागमा बाँडियो । त्यही टुक्राहरु अन्त्यमा ग्रह बने । यस सिद्धान्तले २० औं शताद्विको उत्तराद्र्धसम्म अन्य सिद्धान्तभन्दा बढी मान्यता पायो ।

 

-    अटो स्मिडको इन्टर स्टेलर धुलीय सिद्धान्त (Otto Schmidst’s Inter Stedlor dust hypothesis): आटोस्मिड (Otto Schmidst’s) एक रूसी बैज्ञानिक थिए । यिनले सन् १९४३ मा ग्रहहरूको उत्पत्तिसम्वन्धी प्रतिपादन गरेको सिद्धान्तलाई इन्टर स्टेलर धुलीय सिद्धान्त भनिन्छ । ब्रम्हाण्डमा भएका ग्यास र धुलाको कणवाट ग्रहहरूको उत्पत्ति भएको हो भन्ने यिनको विचार थियो । कुनै बेला ब्रम्हाण्डमा प्रशस्त मात्रामा ग्यासीय पदार्थ र धुलकण थिए, जुन अव्यवस्थितरूपमा फैलिएर घुमिरहेका हुन्थे । सूर्यद्वारा आकर्षित भए पछि ति कणहरू सूर्यको चारैतिर घुम्न थाले । घुम्दाघुम्दै धुलकण सङ्गठित भई घना हुन गए र चक्का (Disc) को रूप लिए । यिनै चक्कावाट ग्रह र उपग्रहहरूको उत्पत्ति भयो । पृथ्वीको उत्पत्तिसम्वन्धी सवै सिद्धान्तले पृथ्वीको उत्पत्तिवारे पूर्णरूपमा स्पष्ट पार्न सकेको देखिदैन । पृथ्वीको उत्पत्ति आज पनि रहस्यकैरूपमा रहेको छ तर विभिन्न सिद्धान्तहरूमा उल्लिखित विचारवाट सौर्यमण्डलको उत्पत्तिसम्वन्धी समस्या समाधानकालागि सजिलो बनाएको छ । विज्ञानको तिव्र विकासले गर्दा हामी निकट भविश्यका पर्याप्त प्रमाण जुटाई पृथ्वीको उत्पत्तिसम्वन्धी रहस्य पत्ता लाग्न सक्छ भनि आशा गर्न सक्छौ ।


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All