News

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 कुबेत भन्दै दुबई पुर्‍याइएका १२ नेपाली महिलाको उद्धार
Posted Date: 2017-05-04

कुबेत भन्दै दुबई पुर्‍याइएका १२ नेपाली महिलाको उद्धार

अवैधानिक रुपमा भारत हुँदै दुबई पुगेका आज १२ जना महिला कामदार आज फिर्ता भएका छन् । उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर दुबई पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुबेत जान भनेर हिँडेका महिलालाई  दुबईबाट  उद्धार गरेर नेपाल फर्काइएको हो ।

उद्धार गरिएका महिलाहरु बर्दिया, महोत्तरी, भक्तपुर, धनकुटा, झापा, सिन्धुपाल्चोक, मकवानपुर, मोरङ लगायत जिल्लाका हुन् ।

उद्धार गरिएका कतिपय महिलाकोे पासपोर्ट २०१२ मै विदेश गएको भिसा लागेको पाइएको छ । भारतको बाटो भएर उनीहरु विदेश गएका हुन् ।

नेपाल र भारतबीच भारतको बाटो भएर नेपाली कामदार नपठाउने समझदारी छ । तर, उनीहरु भारतबाटै गएको पाइएको छ ।

सरकारले वैधानिक रुपमा घरेलु कामदार विदेश जान रोकेपछि दलालहरु थप सक्रिय भएका छन् । महिलाहरू असुरक्षित रूपमा बाहिरिने क्रम पनि बढेको छ ।


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All