News

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 मलेसियामा अलपत्र परेका १८ नेपाली कामदारको उद्दार
Posted Date: 2017-05-04

मलेसियामा अलपत्र परेका १८ नेपाली कामदारको उद्दार

सरकारले मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो ।

विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्वद्ध अधिकारीहरुलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिटै उद्दार गर्न विशेष निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्दारका लागि पहल गरेको थियो । सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि बैशाख ८ गते उनीहरुको उद्दार गरी नेपाल ल्याइएको हो । १८ नेपालीको उद्दारका लागि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेको थियो ।

उद्दार गरी नेपाल ल्याइएका नेपालीहरुमा बाँकेका शानबहादुर बुढा मगर, खोटाङका ईश्वर बि.क., रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुंगका राजेशकुमार वानेम र दाङका सुमन कुमाल छन् ।

पाँचथरका फडिन्द्रबहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञानबहादुर मोक्तान, रुपन्देहीका अमरजित कबि्रन, पाल्पाका प्रकाश थापा, ओखलढुंगाका सुवास राई, रोल्पाका नरबहादुर घर्ति, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौंका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जय कुमार नाउको पनि उद्दार गरिएको छ ।


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All