Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 अन्तर्वार्ता दिनुअघि यी कुराहरुमा ध्यान दिनुस्
Posted Date: 2017-05-04

कतिपय तहमा अध्ययन सुरु गर्दा होस् वा छात्रवृत्तिका लागि, विद्यार्थीले धेरैपटक अन्तर्वार्ताको सामना गर्नुपर्छ। केही विषयमा लिखितपछि अन्तर्वार्ताको रूपमा मौखिक परीक्षा (भाइभा) पनि दिनुपर्ने हुन्छ। वैदेशिक अध्ययनका क्रममा त अन्तर्वार्ता सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। आफूले अध्ययन गरेको शिक्षा कार्यान्वयन गर्ने अवस्थामा अर्थात् जागिर खाने बेलामा पनि अन्तर्वार्ताकै सामना गर्नुपर्छ। पाँच/दस मिनेटको अन्तर्वार्तामा हुने सानातिना गल्तीले जिन्दगीभरि पछुताउनु पनि पर्छ।

 

हिजोआज उच्चशिक्षा अध्ययनका लागि आधुनिक जीवनशैलीलाई महत्त्वपूर्ण स्थान दिने गरेको पाइन्छ। विद्यार्थीले अन्तर्वार्तालाई आफ्नो व्यक्तित्व र क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा लिनुपर्छ। परीक्षामा धेरै अंक पाउन किताबी र पाठ्यक्रमसँग सम्बन्धित ज्ञानको भूमिका महत्त्वपूर्ण हुन्छ भने अन्तर्वार्तामा विषयसँगै व्यावहारिक ज्ञान पनि आवश्यक पर्छ। त्यसैले अन्तर्वार्ताका लागि आफ्नो प्राज्ञिक र व्यावहारिक दुवै पक्षमा निपुण हुनुपर्छ।

 

अन्तर्वार्ताको पहिलो तयारी भनेको सम्बन्धित विषयको तयारी हो। अध्ययनपछिको अन्तर्वार्ताका लागि आफूले अध्ययन गरेको विषयका प्रमुख पाठलाई सारगर्भित रूपमा छोटो शब्दमा व्याख्या गर्न सक्ने हुनुपर्छ। यस्तै आफूले अध्ययन गर्न लागेको विषयको सम्भावना तथा क्षेत्रलाई आकर्षक रूपमा मौखिक प्रस्तुतिका लागि सक्षम हुनुपर्छ।

 

कहिलेकाहीँ आत्मविश्वासले पनि अन्तर्वार्ता लिने मान्छेलाई आकर्षित गर्छ। धेरै ज्ञान छ तर आत्मविश्वासको कमी छ भने सही रूपमा प्रस्तुत हुन सकिँदैन। यस्तो अवस्थामा अन्तर्वार्ताकारले खोजेको कुरा पाउन सक्दैनन्।

 

अन्तर्वार्तालाई आफ्नो व्यक्तित्व र क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा लिनुपर्छ। अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको शिष्टाचारसहित सन्तुलित भाषामा जवाफ दिनुपर्छ। शारीरिक हाउभाउ नियन्त्रणमा राख्नुपर्छ। चुइँगम चपाउने, पराग गुट्खाजस्ता कुरा चपाउने, हात हल्लाउने, पसिना पुच्छने, फाइल खसाउने, टाँक खोल्ने लगाउने, कन्याउनेजस्ता गतिविधि गर्नु हुँदैन।

 

ज्ञान थोरै आत्मविश्वास धेरै हुनु पनि राम्रो होइन। सन्तुलित व्यक्तित्वको प्रदर्शन अन्तर्वार्ताका लागि सबैभन्दा आवश्यक पक्ष हो। सोधिएका प्रश्नको शिष्टाचारसहित सन्तुलित शब्दमा जवाफ दिनुपर्छ। आफूलाई जान्ने देखाउन आफूले जाने जति सबै कुरा एकैसाथ सुनाउनु हुँदैन। थोरै शब्दले पुग्ने जवाफमा धेरै शब्द प्रयोग गर्नु हुँदैन।

 

आफ्नो शारीरिक हाउभाउ पनि नियन्त्रणमा राख्नुपर्छ। चुइँगम चपाउने, पराग गुट्खाजस्ता कुरा मुखमा राख्ने, हात हल्लाउने, पसिना पुच्छने, फाइल खसाउने, टाँक खोल्ने लगाउने, कन्याउनेजस्ता कुरा गर्नु हुँदैन। आवाज पनि स्थिर बनाउनुपर्छ। एउटै शब्द दोहो:याउने, जानेको कुरामा जोड दिने नजानेको कुरामा तर्क गर्नेजस्ता क्रियाकलापले अन्तर्वार्तालाई असफल बनाउन सक्छ। हतपतको काम लतपत भनिन्छ, त्यसैले कुरा टुंग्याउन हतार गर्नु पनि राम्रो होइन। अन्तर्वार्तामा जानुअघि साथीभाइ, आफन्तसँग वा ऐनामा हेरेर अभ्यास गर्नु सबैभन्दा राम्रो तयारी हो। श्रोत:लर्नविथकेपी.कम


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All