Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 समसामयिक तथा महत्वपूर्ण सामान्यज्ञान बिशेष
Posted Date: 2017-05-04

  • नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ? - ६ प्रतिशत
  • डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो? - वि.सं. २०७२ भाद्र ४
  • वि.सं. २०७२ भदौ १ मा बसेको राष्ट्रिय खेलकुद परिषदको बैठकले आगामी मङ्सिर ११ देखि १८ (२०७२) सम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समाबेश गर्ने निर्णय गरेको छ? - ३५
  • वि.सं. २०७२ मा प्रदान गरिने गोपाल पाँडे ‘असीम’ पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन्? - साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा
  • नेपालको पहिलो बैज्ञानिक भनी कसलाई चिनिन्छ? - गेहेन्द्र शमशेर
  • प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ? – आवृत्ति
  • दुई वा दुई भन्दा बढी तत्व बीच रासायनिक प्रतिकृया भई बनेको पदार्थलाई के भनिन्छ? – यौगिक
  • रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ? – परमाणु
  • तत्व वा यौगिकका सबै गुण विद्यमान रहेको सबैभन्दा सानो कणलाई के भनिन्छ? – अणु
  • अमेरिकामा हालै आयोजित ‘फिल्म अफ ग्लोब’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुने नेपाली कलाकार को हुन्? - सुनिल थापा
  • इन्डोनेसियाको पपुवा प्रान्तमा एटीआर ४२– ३०० टर्बाेप्रप नामक विमान कहिले दुर्घटना भयो? - सन् २०१५ अगस्ट १६
  • राष्ट्र बैङ्कद्वारा पहिलोपटक सार्वजनिक नेपलाको बैदेशिक सम्पत्ति तथा दायित्व स्थिति (आईआईपी) कतिले धनात्कम रहेको छ? - रु. ३ खर्व ६० अर्व ३५ करोड
  • प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए? - अंग्रेज
  • नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति कसको अध्यक्षतामा गठन भएको थियो? - सर्वाेच्च अदालतका पूर्वन्यायाधिश लक्ष्पणप्रसाद अर्याल
  • संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय पुरस्कार वर्षका रुपमा मनाईयो? - सन् १९७२
  • नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो? - लिच्छवी काल
  • SAPTA, BIMSTEC, TRIPS, SAFTA मध्ये विश्व व्यापार संगठन सँग कुन सम्बन्धीत छ? - TRIPS
  • आर्थिक वर्ष २०७१\७२ मा नेपालको कल बस्तु व्यापार घाटा कति रहेको छ? - रु.६ खर्व ८९ अर्व ३७ करोड
  • सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन्? - बझाङ
  • एउटा टोकरीमा भएका छवटा सन्तला छजनालाई बराबर गरी बाँड्दा टोकरीमा एक सून्तला बाँकी रहेछ, कसरी? - एक जनाको भागको सन्तला टोकरीमा नै राखिदिदा
  • सन् २००३ बाट सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमको अवधि कहिलेसम्म तय गरिएको थियो? - सन् २०११
  • नेपाल र चीनबीच द्विपक्षीय व्यापार प्रबद्र्धनका लागि हाल कति नाका सञ्चालनमा रहेका छन्? - ६
  • ३५ वर्षभन्दा कम उमेरका मानिसमा विश्वकै धनी बन्न सफल व्यक्ति को हुन्? - फेसबुका संस्थापक मार्क जुकरवर्ग
  • नेपालमा मुल्य अभिबृद्धि कर कहिलेदेखि लागु भएको हो? - वि.सं.२०५४ मङ्सिर १
  • फउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन्? - ओरभिल राईट रविलभर राईट
  • आफ्नो खुट्टाले निधारमा एक मिनेटमा सबैभन्दा धेरैपटक (१३४ पटक) हानी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली को हुन्? - सिन्धुपाल्चोक मांखाका पुष्कर नेपाल
  • इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको एक सय ४० शहरको सर्वेक्षणमा विश्वकै उत्कृष्ट बस्नयोग्य शहर कुन बन्न पुगेको छ? - अष्ट्रेलियाको मेलवर्न
  • सन् २०१५ अगस्ट १७ मा श्री लङ्कामा सम्पन्न संसद्को निर्वाचन पश्चाल् त्यहाँको प्रधानमन्त्रीमा को चयन भएका छन्? - रनिल बिक्रमासिङ्घे
  • तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन? - पृथ्वीपाल सेन
  • वहुप्रतिक्षित बाह्र वर्षे गोदावरी सिंहस्थ मेला कहिले सुरु भएको हो? - वि.सं. २०७२ भदौ १
  • संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाद्वारा संविधानको परिमार्जित विधेयक संविधान सभामा कहिले पेस गरियो? - वि.सं. २०७२ भाद्र ६
  • राजधानीमा सम्पन्न किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस टिन–२०१५’ को उपाधी कसले जितिन्? - अजिना कार्की
  • संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुने नेपाली को हुन्? - दुर्गानाथ भट्टराई
  • भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाईन निर्माणका लागि नेपाल र भारतबीच कहिले सम्झौता भयो? - वि.स. २०७२ भाद्र ७

Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All